After SEE Portal

३७ दिने स्कुल मेला २०२१ सञ्चालन गरिने

Bridge Course

३७ दिने पहिलो वृहत भर्चुअल ‘स्कुल मेला २०२१’ सञ्चालन गरिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा सो मेला सञ्चालन गरिने भएको हो ।

कोरोना महामारी कोभिड(१९ कै विच स्कुलमा पढने विद्यार्थीहरुलाई लक्षित गरी सो मेला बैशाख २३ गते देखि जेष्ठ २१ गते सम्म संचालन हुने भएको हो ।

सो मेलामा स्कुल तहको प्रि प्राइमरी तह देखि माध्यमिक तहसम्मका विद्यार्थीहरु तथा अभिभावकहरुलाई लक्षितगरि उचित सूचना तथा परामर्श दिइने प्याब्सनका अध्यक्ष टिकाराम पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज प्रकाशित सो विज्ञप्तिमा स्कुलको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँगको निःशुल्क लाइभ वेविनारमा सहभागिता, क्यारियर काउन्सिलिङ जस्ता कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुरीले जानकारी दिए । सो मेलामा शिक्षा क्षेत्रका जल्दाबल्दा विषयहरुमा अन्तरक्रिया कार्यक्रम, महामारीका कारण विद्यार्थीहरु तथा अभिभावकहरु स्कुलको भौति३७ दिने स्कुल मेला २०२१ सञ्चालन गरिनेकरुपमा भ्रमण गर्न नसक्ने तथा उपयुक्त सूचना जानकारी पाउन मुश्किल पर्ने भएकाले अन्यौल भई पिरोल्लिई रहेको अवस्थामा प्याबकसन र कलेज रिडर्सको को सहर्कायमा विद्यार्थी तथा अभिभावकहरुमा आशाको सञ्चार दिँदै घरैबसिबसि ईन्टरनेटको माध्यमबाट उपयुक्त सूचना संकलन गर्ने, स्कुल छान्ने, भर्ना फारम भर्न मिल्ने गरी अनलाईन शैक्षिक मेला आयोजना गरिएको हो ।

यसमा एन प्याब्सन लगायत विभिन्न शैक्षिक छाता संगठनहरुको समेत सहकार्यता रहको छ । सो मेलाले अभिभावकलाई विभिन्न स्कुलहरु बीच पूर्वधार, शैक्षिकगुस्तर, जनशक्ति, नतिजा, अन्तरक्रिया कार्यक्रम लगायत विषयहरुमा तुलना गरी आफ्नो निर्णय लिन सहयोगी हुने आयोजकको विश्वास छ ।

एउटै भर्चुअल मञ्चबाट देशका उत्कृष्ट स्कुलहरु र तिनीहरुका सेवा, सुविधा लगायतका सबै जानकारी पाउने भएको हुनाले अभिभावक लाई आफ्नो निर्णय लिन सजिालो हुने अध्यक्ष विज्ञप्तिमा उल्लेख गरिएको छ ।

A Levels MA