After SEE Portal

दिवा खाजा खाएका ३२ जना विद्यार्थी बिरामी, क्यानिटन सञ्चालक प्रहरी नियन्त्रणमा

Bridge Course

झापाको काँकडभिट्टा माध्यमिक विद्यालयमा  दिवा खाजा खाएका ३२ जना एकैपटक बिरामी परेपछि  विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान बनाएको छोलामुरी खाजा दिउसो खुवाउँदा विद्यार्थीलाई फुड पोइजन भएको भद्रपुरस्थित मेची अस्पतालले जानकारी दियो । खाजा खाएको केही समयपछि नै विद्यार्थी बिरामी पर्न थालेपछि उक्त अस्पताल भर्ना गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले जानकारी दिए ।  उनले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने बताए ।

क्यान्टिनले दिएको खाजा विषाक्त भएको स्थानीय  प्रहरीको  अनुमान  छ । काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले क्यान्टिन सञ्चालक विष्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको जानकारी दिए । उनका अनुसार बिहीबार बिहानै पकाइएको खाजा भनिए पनि खाजा बासी हुँदा कक्षा १ देखि ६ सम्मका बालबालिका बिरामी परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा  देखिएको छ ।

विद्यालयका चौकीदारले  विद्यालय परिसरभित्रै सञ्चालन गरिरहेको क्यान्टिनमा विद्यालयले दिवा खाजाको पनि व्यवस्था गर्न लगाउँदै आएको छ । क्यान्टिनका खानेकुराको नमूना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिए ।

हिजो खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको  पाइएको अभिभावकको गुनासो छ । घटनापछि सो क्यान्टिन बन्द गरिएको छ । क्यान्टिनले पहिलेदेखि नै लापर्बाही गर्दै आएको, गुणस्तरहीन खाजा खुवाउने गुनासो गर्दै अभिभावकले विद्यालयको ध्यानाकर्षण गराएको भएपनि विद्यालयले चासो नदिएको,  विद्यालय प्रशासनले गुणस्तर जाँचमा ध्यान नदिएको अभिभावकको आरोप छ ।

A Levels MA
Thuprai - Books and E-books