After SEE Portal

काठमाडौं विश्वविद्यालयबाट २६८० विद्यार्थी दीक्षित

Bridge Course

काठमाडौं विश्वविद्यालयबाट यो वर्ष २ हजार ६८० जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले हालै  प्रधानमन्त्रीको सचिवालयबाट सञ्चालन गरेको २६ औं दीक्षान्त समारोहमा सबै विद्यार्थीलाई दीक्षित गरेको हो ।दीक्षित हुनेमा मा विश्वविद्यालय मातहतका सबै  स्कूल तथा कलेजका विद्यार्थी रहेको विश्वविद्यालयले जानकारी दियो । सो दीक्षान्त समारोहमा दीक्षित हुनेमा पीएचडी का १५ जना, ४२ जना एमफिल, स्नातकोत्तरका ३८२ र स्नातक तहका २ हजार २४१  विद्यार्थी थिए ।  

काठमाडौं विश्वविद्यालय

 

भौतिक उपस्थिति  तथा भर्चुअल रुपमा आयोजना गरिएको समारोहमा पीएचडी का  १३ जना विद्यार्थी र २ जना स्वर्ण पदक विजेता विद्यार्थीलाई कार्यक्रम स्थलबाटै पदक वितरण गरिएको थियो । 

अन्य विद्यार्थीहरु विश्वविद्यालयका प्राध्यापकहरू, कर्मचारी र अन्य आमन्त्रितहरूले जुम वेबिनारबाट सो कार्यक्रममा भाग लिएको विश्वविद्यालयले जानाकरी दियो । 

A Levels MA
Thuprai - Books and E-books