Bachelors Portal

सहसचिव सहित ६६० पदमा आवेदन माग (विज्ञापनसहित)

Managed Admission 2022

लोक सेवा आयोगले राजपत्राङ्कितप्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमागरी ६६० जनाको दरखास्त खुला गरेको छ । आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० रसहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुलागरेको हो । आयोगले निजामती सेवाका सहसचिवतथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा रस्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरकापदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ ।

आज आयोगले  विज्ञापन खुला गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारी छनोटका लागि आवेदन मागको हो ।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाका लागि निजामती सेवामा अप्राविधिक एवं प्राविधिकतर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा र द्वितीय श्रेणी अर्थात् सहसचिव र उपसचिव तथा मानव अधिकार सेवाका अधिकृत प्रथम श्रेणी अर्थात् सहसचिव श्रेणीका पदका लागि विज्ञापन खुला गरेको छ।

प्रशासन सेवामा १९, परराष्ट्र सेवाका लागि ५ र लेखा परीक्षण (नायब महालेखापरीक्षक) पदका लागि २ गरेर अप्राविधिकतर्फ २६ पदका लागि विज्ञापन खुवाइएको छ ।

यस्तै प्राविधिकतर्फ विभिन्न उपसमूहतर्फ गरेर २२ पदका लागि सहसचिवतर्फ नै विज्ञापन खुला भएको छ ।

निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विधिधसेवाका पदमा आवदेन माग गरेको छ ।

विज्ञापन हेर्नुहोसः

 

Select college / campus