खेल प्रशिक्षणमा सहभागी हुन १० हजार बढीको आवेदन

काठमाडौं महानगरपालिकामा खेल प्रशिक्षणमा सहभागी हुनका लागि १० हजार ९९५ जनाले आवेदन दिएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा सहभागी हुन आवेदन दिएका हुन् ।

यस क्रममा आज विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण आयोजना गरिएको छ ।

स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन ९१,२४७ जना,, भलिबल ९१,२४७ जना, क्रिकेटमा ९९६० जना, तेक्वान्दोमा ९९२५ जना विद्यार्थीले रुचिदेखाएका छन् ।

 

बास्केटबलमा ९८,९९ जना, कराँते ९८९३ जना, कवड्डी ९६९० जना, एथलेटिक्स ९५४९ जना, बक्सिङ् ९४७१ जना, चेसमा ९३४६ जना, टेबुलटेनिस ९२७८ जना, खोखो ९२४५ जना, हक्कीमा ९१४९ जना, उसुमा ९६६ जना र जुडो ९४० जना जना विद्यार्थीको रुचि छ । पोखरेलकाअनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ । यसको सट्टा विद्यार्थीको रुचिका आधारमा एउटा विधा खेल थप्ने योजना रहेको पोखरेलको भनाइ छ ।

शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । मंसिर, पुस र माघ गरी करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ । यसपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ । 

यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरुलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।

खेलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।