Bachelors Portal

‘शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने’

Managed Admission 2022

नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुधबार पत्र पठाइ उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनकोे प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन् ।

सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गरेको पत्रमा स्थानीय गाउँ÷नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।

 

Select college / campus