सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध को मुद्दामा पुस २७ गते बृहत छलफल गर्ने भएको छ ।
सर्वोच्चमा हिजो न्यायाधीशहरू टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दै पुस २७ गते बृहत् छलफल गर्ने आदेश दिएको हो ।
हिजोको इजलासले सो दिन दुवै पक्षलाई सुनुवाइका निम्ति कागजातसहित उपस्थित हुन आदेश दिएको छ । पाठ्यक्रम विकास केन्द्रका प्रवत्ता गणेशप्रसाद भट्टराईले मुद्दा चाँडो टुंगो लगाउन आफूहरुले अदालतको ध्यानाकर्षण गराएको बताए । नेपाल सरकारले सो पाठ्यक्रम प्रारूप लागु गरेपछि अधिकांश विद्यालयले सोही अनुसार शिक्षण गर्दै आएका छन् ।
गत कार्तिक १९ गते सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
भगवता अर्याललगायतका समूहले गत असोज २८ गते दर्ता गराएको सो मुद्दाको पेसी सातौं पटक सम्म हुन सकेको थिएन । यसअघि सो मुद्दाको पेसी असोज ३० को पेसी सारेर कार्तिक २६, मंसिर ४, मंसिर २४ बाट फेरी पुस ६ गतेबाट १३ गते र १३ गते स्थगित गर्दै असोज २० लाई तोकेको थियो ।