अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि एक प्रतिशत बजेट
सरकारले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि विनियोजन गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेको घोषणा गरेका हुन् ।
यस्तै, सरकारले १ अर्बको नवप्रवर्तन कोष स्थापना गर्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री महतले सार्वजनिक गरेका छन् । यसका लागि कार्यविधिसमेत निर्माण गरिने उनले बताए ।
