After SEE Portal

शिक्षक महासंघले नेतृत्व पाउन सकेन

Bridge Course

नेपाल शिक्षक महासंघको दोस्रो महाधिवेशन उधारोमा सकिएको छ ।  वैशाख १० देखि १३ गतेसम्म सञ्चालन भएको दोस्रो महाधिवेशले नयाँ नेतृत्व चयन गर्न नसकेको हो । महासंघको  वैशाख १० देखि १३ गतेसम्म सञ्चालन भएको दोस्रो महाधिवेशले नयाँ नेतृत्व चयन गर्न सकेन । महाधिवेशन स्थलबाटै पदाधिकारी चयन हुन नसकेपछि १७ गते पदाधिकारी चयन गर्ने भन्दै  महाधिवेशन सकिएको भनिएको छ ।

आवद्ध घटक शिक्षक संघ, संगठनविचको विवादका कारण महासंघ नेतृत्व विहीन हुन पुगेको हो ।

काङ्रेस निकट नेपाल शिक्षक संघ र एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनविचको शक्ति संर्घषका कारण महासंघको तीन दिनसम्म भएको महाधिवेशले नेतृत्व चयन गर्न सकेन ।

महासंघको विधानमा तल्लो तह (स्थानीय, जिल्ला र प्रदेश) को अधिवेश गरेर नयाँ नेतृत्व चयन गरेर मात्र राष्ट्रिय समितिको पदाधिकारी चयन गर्नुपर्ने व्यवस्था छ । तर महासंघको अहिलेसम्म ३२ जिल्लाको मात्र अधिवेशन भएको छ । महासंघको महाधिवेश गर्न पनि बहुमत पुग्न कम्तीमा ३९ जिल्लाले नयाँ नेतृत्व पाउनु पर्छ । अधिवेशन हुनुपर्छ । अधिवेशन भएका मध्ये पनि चितवन, झापा लगायत अन्य पाँच जिल्लामा संघले नेतृत्वमा वर्चस्व जमाएको भन्दै शिक्षक संगठनले विरोध गर्दै आएको छ ।

विधानमा कार्यसमिति चयन गर्दा सदस्य संख्याको आधारमा पहिलो हुनेले अध्यक्ष सहित ११ सिट, दोस्रो हुनेले महासचिवसहित ११ सिट, तेस्रो हुनेले सहअध्यक्ष पाउने, चौथो हुनेले कोषाध्यक्षसहितका सिट पाउने व्यवस्था छ ।

महासंघको अध्यक्षले नै महाधिवेश बहिष्कार गरेका थिए । महाधिवेशनको उद्घाटन  सत्र अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सहित १२ जना पदाधिकारीले बहिस्कार गरेका थिए । महाधिवेशमा वर्तमान अध्यक्ष समूहले बहिष्कार गरेपछि सहअध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा महाधिवेश तीन दिनसम्म चलेको थियो ।

गत सोमबारदेखि बुधबारसम्म भएको दोस्रो महाधिवेशनमा नेतृत्व चयन हुन नसकेपछि आवद्ध घटक संस्थालाई आफ्नो तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरुको नामावली बुझाउन शनिबार सम्मको समय दिएको छ  भने कार्यसमितिका लागि प्रत्यक्ष निर्वाचन हुने भनिएको छ ।

तोकिएको समयमा नाम प्राप्त भएपछि बैशाख १७ गते नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।

महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएको, लोकतान्त्रिक विधिलाई निषेध गरिएको भनदै आफैंले गरेको स्थानीय तह  र जिल्ला र प्रदेश महाधिवेशको विरोध गर्दै अध्यक्ष समूहले महाधिवेशन बहिष्कार गरेको शिक्षक संघको आरोप छ ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने असन्तुष्टिकै नभइ आवद्ध घटकले महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी छनोटमा ढिलाइ भएको कारण पदाधिकारी चयनमा ढिलाइ भएको भन्दै विवाद ढाकछोप गर्ने कोशिष गरे ।

महासंघमा अहिले १४ दल निकट १४ ओटै संस्था छन् । एमाले निकट शिक्षक संगठन महाधिवेशनबाट बाहिरिनु, बहुमत जिल्लाको महाधिवेशन नहुनु जस्ता कारण महासंघको नयाँ नेतृत्व चयन ७ वर्षपछि पनि सबै शिक्षक समेटेर हुन नसक्ने शिक्षकहरू बताउँछन् ।

A Levels MA