After SEE Portal

आज काठमाडौंका विद्यालय विदा

Bridge Course

काठमाडौं महानगरपालिकाले आज सार्वजनिक विदा  दिने निर्णय गरेको छ ।

महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक गरेका छन् ।शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि वागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरुमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नुरनगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा  भएको व्‍यहोरा  निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ ।

A Levels MA