After SEE Portal

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

Bridge Course

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् । योग्यताक्रम अनुसार नाम सिफारिस गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिले जनाएको छ । 

सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ । 

विश्वविद्यालयको उपकुलपति पदका लागि प्राडा हेमराज पन्त, प्राडा अक्कलदेव मिश्र र प्राडा भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो । समितिले वैशाख १२ गते उम्मेदवारको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्र्तवार्ता परीक्षा सञ्चालन गरेको थियो । सोही परीक्षामा पाएको अंकका आधारमा विश्वविद्यालयमा १८ फागुनदेखि उपकुलपति पद रिक्त छ ।

A Levels MA