After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौं: उपकुलपति गौतम

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने प्रतिवद्धता गरेका छन् ।

विश्वविद्यालयद्वारा नवनियुक्त उपकुलपति प्राडा गौतमको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उनले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेमात्र विश्वबजारमा बिक्न सक्ने बताए । ‘हामीले चार सय वर्ष पुरानो इतिहास बोकेका विश्वविद्यालयसंग प्रतिस्पर्धा गर्नुपर्नेछ,’ उनले भने, ‘खोज, अध्ययन, अनुसन्धान र अन्वेषण कार्य क्षमतालाई बढाउँदै लैजान्छौँ ।’

विश्वविद्यालय बनाउने अभियानमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउँदैउपकुलपति गौतमले भने, ‘मध्यपश्चिम विश्वविद्यालयको विकासमा मैले सकेको सबै प्रयास गर्नेछु । यद्यपि मेरो एक्लो प्रयासले केही हुँदैन । सबै सरोकारवालाले सहयोग गर्नुपर्दछ, अनिमात्र विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ ।’

विश्वविद्यालय ज्ञान र सिर्जनाको भण्डार भएको बताउँदै उनले आर्थिक रुपले विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी काँधमा आएको बताए ।

सेवा गर्ने कर्मचारी र संरचना निर्माणमा विश्वविद्यालय प्रशासनले ध्यान दिने उपकुलपति प्राडा गौतमको भनाइ थियो । उनले मध्यपश्चिम विश्वविद्यालयलाई विश्वप्रतिष्ठित विश्वविद्यालयका रुपमा स्थापित गर्ने गरी कार्य प्रारम्भ गर्ने प्रतिबद्धता गरे । उनले हिजो पदभार ग्रहण गरेका छन् ।

उक्त कार्यक्रममा विभिन्न निकाय र संस्थाका प्रमुखले परिचय सहित सम्बन्धित निकाय बारे जानकारी, चुनौती, सबल पक्ष तथा सुझाबहरु प्रस्तुत गरेका थिए ।

A Levels MA