After SEE Portal

विद्यालय समयमा उत्तरपुस्तिका परीक्षण गरे कारबाही हुने

Bridge Course

काठमाडौं महानगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र अन्य कार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिका शिक्षा विभागले विद्यालयको समयमा एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशन दिएको हो ।

‘विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउनु हुन र शिक्षकहरूलेसमेत यसै सूचनालाई आधार मानी विद्यालय समय भित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुनु हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।

उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्य गरे प्रचलित ऐन, कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

A Levels MA