A Levels MA

विद्यालय शिक्षाका नाममा सरकारले रु. पाँच अर्ब बढी सहयोग लिने

सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि दाताबाट रु.पाँच अर्ब बढी रुपियाँ लिने भएको छ । फिनल्याण्ड र नर्वे सरकारबाट पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड अनुदान सहयोग स्वीकार गर्ने मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

Thuprai - Books and E-books