A Levels MA

साक्षरता दर १० वर्षमा १० प्रतिशतले वृद्धि

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर कुल जनससंख्यामा ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । कुल दुई करोड ६६ लाख ७५ हजार ९७५ जनसङ्ख्यामध्ये दुई करोड तीन लाख ४१ हजार ६२३ जनाले पढ्न र लेख्न दुवै जान्ने देखाएको छ ।अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

उत्तीर्ण गरेको शैक्षिक तह

राष्ट्रिय जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन् ।

यसैगरी एस.एल.सि. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।

कम साक्षर रौतहटको 

७७ जिल्ला मध्ये सबैभन्दा कम साक्षर भएको जिल्ला रौतहट रहेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार रौतहटको ५७.७५ प्रतिशत मात्र रहेको छ । भने महोत्तरीको साक्षरता ५९.७७ रहेको छ । भने, सर्लाहीको ६०.३१, हुम्लाको ६३.८४ र बाराको ६४.५४ प्रतिशत साक्षरता रहेको छ ।

बढी काठमाडौंको

काठमाडौ जिल्लामा सबैभन्दा वढी ८९.२३ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ । त्यसपछि ललितपुरको ८८.०८, भक्तपुरको ८७.९६, कास्कीको ८७.७३ र चितवनको ८३.८६ प्रतिशत रहेको छ ।

कुल जनसंख्या

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ ।

जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ रहेको छ । गत २०६८ सालमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।

Thuprai - Books and E-books