After SEE Portal

एसइईका प्रश्नपत्र जिल्ला पुगे

Bridge Course

काठमाडौँबाहेक देशका सम्पूर्ण जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का प्रश्नपत्र पुर्याइसकिएको छ । काठमाडौँमा प्रश्नपत्र आज पठाइनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र छपाइ तथा वितरणको सबै काम सकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालयमा प्रश्नपत्र छपाइ गरिएको थियो । पनिकाको टोली आवासीय रूपमा एक महिनासम्म त्यहाँ बसी हिजो शनिबार बाहिरिएको छ ।

चैत १५ गतेदेखि सुरु हुने एसइईमा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । एसइईमा ७१ विषय भए पनि सबैमा विद्यार्थी छैनन् । त्यसैले नयाँ पाठ्यक्रमका २० र पुराना पाठ्यक्रमका २० विषयमा प्रश्नपत्र छपाइ भएको छ ।यस वर्षबाट कक्षा १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । गत वर्षका करिब २० हजार विद्यार्थीको ग्रेडवृद्धि परीक्षा पनि हुनेछ । 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले गत वर्षका पनि परीक्षार्थी बाँकी भएकाले नयाँ र पुराना दुवै पाठ्यक्रमका प्रश्नपत्र छपाइ गरिएको जानकारी दिए ।

उनले परीक्षासम्बन्धी आवश्यक तयारी करिब करिब पूरा भएको बताउँदै भने, “देशभरि दुई हजार ५७ परीक्षा केन्द्र कायम भएको छ ।

प्रदेश सरकारले उत्तरपुस्तिका व्यवस्थापन गरिसकेको छ । अब परीक्षाका लागि कुनै समस्या छैन । तयारी पूरा भइसकेको छ । हामी तयारी अवस्थामा छौँ ।”

गत वर्ष दुई हजार ३७ परीक्षा केन्द्र थिए । यस वर्ष २० वटा थपिएका छन् । काठमाडौँ लगायतका जिल्लामा विद्यार्थी सङ्ख्या थपिएकाले परीक्षा केन्द्र थप्नु परेको उनले बताए ।

उनका अनुसार पालिकाले आफ्नो क्षेत्रमा परीक्षा केन्द्र छुट्नु हुन्न भन्ने चाहना राख्दा पनि ससाना केन्द्रलाई यसपटक हटाउन नसकिएको हो ।

प्रतिपरीक्षा केन्द्रमा १० जना दरले सुरक्षाकर्मी खटाइनेछ । जिल्लाहरुले अझै पनि परीक्षा केन्द्र सार्वजनिक गरेका छैनन् । शिक्षा विकास तथा समन्वय केन्द्रले परीक्षा सुरु हुनु एक साताअघिमात्र परीक्षा केन्द्र सार्वजनिक गर्ने भएका छन् । छिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।

A Levels MA