After SEE Portal

नेपाल र कतारबिच उच्च शिक्षा र  वैज्ञानिक अनुसन्धान गर्ने समझदारी

Bridge Course

नेपाल र कतारबिच उच्च शिक्षा र  र वैज्ञानिक अनुसन्धान गर्ने समझदारी भएको छ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तापछि सहकार्य गर्ने सहमति भएको हो ।

नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबिच भएको वार्तापछि दुईदेशका मन्त्रीहरूबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार  परराष्ट्र मामिला संस्थान (आइएफए) र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

यसका अलावा कला संस्कृति, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्य गर्ने सहमति भएको छ ।

दुईटा समझदारी नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबिच भएको छ । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।

1. Memorandum of Understanding for Cooperation in the Fields of Culture and Arts between the Ministry of Culture, Tourism and Civil Aviation of Nepal and the Ministry of Culture of the State of Qatar

2. Agreement on Cooperation and Exchange of News between National News Agency, Nepal (RSS) and Qatar News Agency (QNA)

3. Memorandum of Understanding (MoU) for Cooperation in the Field of Education, Higher Education and Scientific Research between the Government of Nepal and the Government of the State of Qatar

4. Memorandum of Understanding on Cooperation in the Field of Youth and Sports between the Government of Nepal and the Government of the State of Qatar

5. Memorandum of Understanding for Cooperation between the Office of the Attorney General of Nepal and the Public Prosecution of the State of Qatar

6. Memorandum of Understanding on Cooperation in the Field of Diplomatic Training and Education between The Institute of Foreign Affairs (IFA) of the Government of Nepal and The Diplomatic Institute of the Ministry of Foreign Affairs of the State of Qatar

 

A Levels MA